काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको झन्डा उचाल्ने कि नेपालको भन्दै प्रश्न गरेको छ । आज जारी संसद बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटले यस्तो प्रश्न गर्नुभयो हो ।
उहाँले भन्नुभयो,’प्रधानमन्त्रीज्यु, तपाईँले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्र सूर्य उचाल्ने हो? २ करोड ९१ लाख जनालाई हाम्रो प्रधानमन्त्री हामीले बनाएका हौं भन्ने विश्वास दिलाउनप¥यो।’
उहाँले एमाले, कांग्रेस रहेपनि नरहे पनि यो देश र यो देशको सार्वभौमसत्ता रहनुपर्ने बताउनु भयो। उहाँले प्रधानमन्त्रीले परिवर्तनका लागि विभिन्न ४० बुँदे माग राखेर आन्दोलन गरे पनि अहिले त्यही ट्रक चढेको आरोप लगाउनु भयो। उहाँले भारतलाई कठपुतली भनेर आरोप लगाए पनि अहिले कम्फर्टेवल भएको आरोप लगाउनु भयो।
उहाँले सत्ता पक्षले प्रतिपक्षप्रति हिलो छ्याप्ने काम गरेको बताउनु भयो। आफ्ना सचिवालयमार्फत् उहाँले हिलो छ्यापेको बास्कोटाको आरोप छ। ‘प्रधानमन्त्रीज्युले आफ्नो सचिवालयमार्फत् मीटरब्याजबारे भ्रम छर्नुभयो। ९७ दिन वितिसकेको भन्दै यसअघि किन मिटरब्याजसम्बन्धी अध्यादेशमाथि छलफल गराइएन,’ उहाँले प्रश्न गर्नुभयो ।