काठमाडौं।बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ। पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएका छन्।
बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले दिएको जानकारीअनुसार घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ। बसमा कुल ३० जना यात्रु सवार रहेको खत्रिले जानकारी दिनु भयो। घटनाबारे थप विवरण आउन बाँकी उहाँको भनाइ छ।