Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक स्थगित

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक स्थगित

  • आइतवार, आषाढ २४ २०८०

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीको आग्रहमा संसद बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ ।

    विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।

    प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य फिर्ता लिन एमाले अध्यक्ष ओलीले भनेपछि प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन रोकिएको हो । सो वक्तव्यमा एमालेमाथि लान्छाना लगाइएकाले फिर्ता लिनुपर्ने अडान छ ।

    एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरु बैठक रोक्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेर रोक्न लगाएको बताउनुभयो ।


    आइतवार, आषाढ २४ २०८००३:१६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij