Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संसद्को अवरोध हटाउने समझदारी

संसद्को अवरोध हटाउने समझदारी

  • आइतवार, आषाढ २४ २०८०

  • 1.4K
    SHARES

  • संसद्को अवरोध हटाउने समझदारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिनुभएको छ।

    एमालेका एक सांसदले भनेका छन्, ’प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको छ ।’ असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको थियोे ।

    प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफल सकारात्मक भएको जानकारी दिनुभएको छ।

    कांग्रेसका मुख्य सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री बैठकको सुरुमा बोल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको जानकारी दिनुभएको छ।


    आइतवार, आषाढ २४ २०८००१:४३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij