Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भारतका कठपुतली प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान, सरकार भारतबाट बनेको पुष्ट्याई गर्न माओवादी केन्द्रको चुनौति, राजीनामा अघि बहुमत जुटाउन रास्वपाको आग्रह(खासखबर)

भारतका कठपुतली प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान, सरकार भारतबाट बनेको पुष्ट्याई गर्न माओवादी केन्द्रको चुनौति, राजीनामा अघि बहुमत जुटाउन रास्वपाको आग्रह(खासखबर)

  • शनिवार, आषाढ २३ २०८०

  • 805
    SHARES

  • भारतका कठपुतली प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान, सरकार भारतबाट बनेको पुष्ट्याई गर्न माओवादी केन्द्रको चुनौति, राजीनामा अघि बहुमत जुटाउन रास्वपाको आग्रह(खासखबर)

    काठमाडौं। संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विपरित रहेको भन्दै राजीनामा मागिरहेका बेला उसलाई बहुमत जुटाउन राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको छ । संविधानको मर्मअनुसार प्रधानमन्त्री पदबाट हटाउन अर्को दलले बहुमत जुटाउनुपर्ने भएकोले त्यसमा केन्द्रीत हुन रास्वपाले चुनौति दिएको छ ।

    रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाएपनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने समेत दाबी गर्नुभएको छ । एक पक्षले एमाले कांग्रेस मिलेर सरकार बनाउन चाहेपनि तत्काल त्यो सम्भव नदेखिएको उहाँको भनाइ छ । लडाकु शिविरमा भएको भ्रष्टाचार प्रकरण बाहिर आउने त्रासले जुनसुकै तरिकाले माओवादी सरकारबाट बाहिर बस्न नचाहेको ढकालको विश्लेषण छ ।

    यता, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भारतको कठपुतली प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको दोहो¥याउनुभएको छ । भारतीय नागरिकले आफूलाई प्रधानमन्त्री बनाउन दौडधुप गरेको भन्ने विवादास्पद अभिव्यक्ति मात्रै नभई राज्यद्रोह भएको उहाँको आरोप छ ।

    माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतले बनाएको हो प्रमाण पेश गर्न एमालेलाई चुनौति दिनुभयो । संसदमा महत्वपूर्ण विषयमा छलफल भइरहेका बेला त्यसलाई छाँयामा पार्ने काम एमालेले गरिरहेको उहाँको आरोप छ । संसदमा प्रधानमन्त्रीले जवाफ दिने प्रशस्त मार्ग छदाँछदै एमालेले राजीनामा माग्नु गलत भएको पौडेलको दाबी छ ।

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुको पीडा नै संसद् अवरुद्ध रहेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले विवेक पु¥याएर बोल्ने विषय भएपनि गलत भए संसद्मा जवाफ माग गर्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्रीले धेरै बोल्न आवश्यक पनि नरहेको भुसालको सुझाव छ ।

    प्रधानमन्त्रीको राजीनामा मागेको एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । प्रचण्डले राजीनामा दिएपछि सरकार कसले बनाउने भन्ने नै अन्यौल रहेका बेला एमाले धमिलो पानीमा माछा मारिरहेको छ । आफूले बहुमत जुटाउन पनि नसक्ने, संसद् पनि अवरुद्ध पार्ने विषय लोकतान्त्रिक अभ्यासको बर्खिलाप हो ।

     


    शनिवार, आषाढ २३ २०८००८:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij