काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताउनु भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरुबाट कांग्रेस डराउनु नपर्ने बताउनुभयो।
उहाँले कांग्रेसको मुख्यकुरा मिसन २०८४ हो भने उहाँले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।