Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एमालेले अहिले सत्तालाई प्राथमिकता दिएको छैन

एमालेले अहिले सत्तालाई प्राथमिकता दिएको छैन

  • शनिवार, आषाढ २३ २०८०

  • 293
    SHARES

  • एमालेले अहिले सत्तालाई प्राथमिकता दिएको छैन

    काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको दाबी गर्नुभएको छ। महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गर्नुभयो ।

    नेकपा (एमाले)रामेछाप–काठमाडौं सम्पर्क मञ्चको आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहो¥याउनु भयो।

    मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान संचालन गरेको स्पष्ट पार्नुभयो ।

    महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरुले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गराउन चाहेको तर्क पनि गर्नुभयो।

    उहाँले जनादेश विपरित कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्‍याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशील रहेको बताउनुभयो।

    महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अव एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताउनुभयो । उहाँले नीति, सिद्धान्त र संगठनविनाका नयाँ राजनीतिक शक्तिहरुले मुलुकको नेतृत्व लिन नसक्ने जिकीरसमेत गर्नुभयो ।


    शनिवार, आषाढ २३ २०८००३:५६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij