काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै छ ।
नेकपा एसको केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेकपा एसका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेता खतिवडाले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।