Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेछः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेछः गृहमन्त्री श्रेष्ठ

  • शुक्रवार, आषाढ २२ २०८०

  • 767
    SHARES

  • भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेछः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्नुभएको छ । आज आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाउनुभयो ।

    सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधानको आँट गरेको बताउनुभयो । गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको भन्दै गृहमन्त्री श्रेष्ठले आन्तरिक सुशासन बिना समाजमा विधिको शासन स्थापित गर्छु भन्नु परिकल्पना मात्र हुने स्पष्ट गर्नुभयो ।

    अर्को प्रसंगमा गृहमन्त्री श्रेष्ठले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न जुनसुकै ओहोदाका भए पनि कारबाहीको दायरामा आउने बताउनुभयो । तथ्य र प्रमाणले भ्याएसम्म सबैमाथि अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई आफूले स्पष्ट निर्देशन दिएको श्रेष्ठले दोहोर्‍याउनुभयो ।


    शुक्रवार, आषाढ २२ २०८००५:५४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij