काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित गरेको छ ।
बिहीबार र शुक्रबार बसेको जिल्ला सभापतिहरूको बैठकले ’बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ प्रतिबद्धता गरेको हो । बैठकमा विभिन्न जिल्लाका सभापतिहरूको सहभागिता रहेको थियो ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकाबाट आएका सुझावहरूलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भेलामा पार्टीको अनलाइनमार्फत सदस्यता लिने, नवीकरण लगायतका विषयमा छलफल भएको थियो । सहभागी जिल्ला सभापतिहरूले पार्टी विधि र विधानअनुसार चल्न नसकेको भन्दै आलोचनासमेत गरेका थिए ।