Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूको माग

युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूको माग

  • शुक्रवार, आषाढ २२ २०८०

  • 467
    SHARES

  • युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूको माग
    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।  शुक्रबार(आज) प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरूले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बूढाबूढीहरूको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए । 
     
    सांसदहरूले सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए । उनीहरूले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । 
     
    नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानुभन्दा अघि सीप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताउनुभयो ।  उहाँले सरकारले स्थानीय तहलाई सीपमूलक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिन सके दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो । 
     
    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताउनुभयो । उहाँले मुलुक भित्रै युवाहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । 
     
    बैठकमा सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरूलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरूको जन्म भएको बताउनुभयो ।  
     


    शुक्रवार, आषाढ २२ २०८००५:३४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij