Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यसरी स्थगित भयो सिहंदरबार घेर्ने कार्यक्रम ...

यसरी स्थगित भयो सिहंदरबार घेर्ने कार्यक्रम ...

  • शुक्रवार, आषाढ २२ २०८०

  • 1.2K
    SHARES

  • यसरी स्थगित भयो सिहंदरबार घेर्ने कार्यक्रम ...

    काठमाडौं। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले सिंहदरबार घेर्ने कार्यक्रम स्थगित गरेको छ । सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तिय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबार घेर्ने कार्यक्रम तय गरेका थिए ।

    अन्तिममा सरकारले माग पूरा गरेपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । हिजो बसेको मन्त्रीपरिषदको बैठकले ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेपछि सिंहदरबार घेर्ने कार्यक्रम फिर्ता लिइएको ढुङ्गानाले जानकारी दिए ।

    सरकारले सो अनुदान कटौती गरेपछि त्यसबारे अर्थमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएको र माग संवोधन नहुने देखेपछि सिंहदरबार घेराउको कार्यक्रम राखिएको तर सरकारले ४० प्रतिशत अनुदान दिने भएपछि सो कार्यक्रम फिर्ता लिइएको उहाँले बताउनुभयो ।

    साथै महासंघ र संघले आजै एक विज्ञप्ति जारी सरकारको निर्णयको स्वागतसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी गराउँदै सरकारलाई धन्यवाद समेत दिएका छन् ।


    शुक्रवार, आषाढ २२ २०८००४:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij