काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताउनु भएको छ। जिल्ला अदालत दाङको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनमा कुनैपनि बहानाबाजी नचल्ने बताउनु भएको हो।
न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको जानकारी दिनुभयो। कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भइरहेको उल्लेख गर्नुभयो।