काठमाडौं। कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको छ। काँग्रेस नेता उद्धव थापाले हिजो सभामुखको समेत हस्ताक्षर समावेश गरेर सरकारलाई आवश्यक पर्ने बहुमत पुराएपछी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
त्यसपछी एमालेले सभामुख लाई समावेश गर्नु असंबैधानिक कदम भन्दै सर्वोच्च अदालत पुगेको हो। कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता हुँदैछ।
एमालेले निवेदनमा संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।