Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आन्दोलित अदालतका कर्मचारी र कानुन व्यवसायीबीच सहमति

आन्दोलित अदालतका कर्मचारी र कानुन व्यवसायीबीच सहमति

  • बिहिवार, आषाढ २१ २०८०

  • 529
    SHARES

  • आन्दोलित अदालतका कर्मचारी र कानुन व्यवसायीबीच सहमति
    काठमाडौं । अदालतभित्र भएको कुटपिटको घटनाका कारण आन्दोलित भएका कर्मचारी र कानुन व्यवसायीले सहमति गरेका छन् । उनीहरूले एक विज्ञप्ति जारी गरेर घटनाका कारण द्वेषभाव नराख्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेका हुन् ।
     
    जिल्ला अदालत ललितपुरकी सानु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले कर्मचारी र अरू कानुन व्यवसायीको रोहवरमा ७ बुँदे समझदारी गरेका हुन् । उनीहरूले अदालतमा बिग्रिएको सीसीटीभी मर्मत गर्न आग्रह गर्ने निर्णय गरेका छन् ।
     
    समझदारी अनुसार नेपाल बार एसोसिएसन र कर्मचारी संघसंगठनले अघि सारेका आन्दोलनका कार्यक्रम फिर्ता लिनेछन् । उनीहरूले यो घटनालाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगरिदिन आग्रह गरेका छन् ।
     
    गत १३ असारमा ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी अमिर लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिका तामाङको अनुहारमा चोट लागेको थियो । घटनापछि कर्मचारी संगठन र कानुन व्यवसायीहरूले एक अर्कामाथि आक्षेप लगाउँदै आन्दोलनमा उत्रिएका थिए ।
     
    Pramika-and-amir.jpg


    बिहिवार, आषाढ २१ २०८००५:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij