Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रासायनिक मल खरिद ऐन संशोधन गर्न आवश्यक छ : कृषिमन्त्री भुसाल

रासायनिक मल खरिद ऐन संशोधन गर्न आवश्यक छ : कृषिमन्त्री भुसाल

  • बिहिवार, आषाढ २१ २०८०

  • 373
    SHARES

  • रासायनिक मल खरिद ऐन संशोधन गर्न आवश्यक छ : कृषिमन्त्री भुसाल
    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
     
    बिहीबार(आज) बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताउनुभयो ।
     
    उहाँले भन्नुभयो, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ । यसमा तपाईँहरूले सहयोग गर्नुपर्नेछ । त्यसमा मान्यज्युहरूको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि । तदनुरूप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रुपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ ।
     
    उहाँले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताउनुभयो ।
     
    ‘राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ । जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ । यो भएमात्रै तदनुरूप मागको आँकलन गरेर बजेट खरिदका लागि सुनिश्चित हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
     
    उहाँले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाऊँ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ ।’
     
    मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।


    बिहिवार, आषाढ २१ २०८००३:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij