Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आफू प्रधानमन्त्री बन्न भारतको भूमिका रहेको प्रचण्डको आशय, चौतर्फि आलोचना,एमालेले राजीनामा मागेर गर्यो संसद नै अवरुद्ध(खासखबर)

आफू प्रधानमन्त्री बन्न भारतको भूमिका रहेको प्रचण्डको आशय, चौतर्फि आलोचना,एमालेले राजीनामा मागेर गर्यो संसद नै अवरुद्ध(खासखबर)

  • बुधवार, आषाढ २० २०८०

  • 468
    SHARES

  • आफू प्रधानमन्त्री बन्न भारतको भूमिका रहेको प्रचण्डको आशय, चौतर्फि आलोचना,एमालेले राजीनामा मागेर गर्यो संसद नै अवरुद्ध(खासखबर)

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले महत्वपूर्ण भूमिका खेलेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना शुरु भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रचण्डले प्रितमले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक गुहारेको बताउनुभएको थियो। उहाँसँग आफ्नो निकटता रहेको पनि प्रचण्डले खुलाउनुभएको थियो।

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित बनेको छ। एमालेले देशको गरिमामाथि नै आघात पुग्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेपालको प्रधानमन्त्री भारतले बनाउँछ भन्ने सन्देश गएको भन्दै शिर निहुरिएको बताउनुभयो।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रचण्डले नेपालको प्रधानमन्त्री भारतले बनाउँछ भन्दै दिएको अभिव्यक्तिले मुलुकमा बादल लागेको बताउनुभयो। बलभद्रका सन्तानमाथि अपमान भएको बताउँदै पन्तले प्रचण्डको राजीनामा माग्नुभयो।

    आज आएर प्रधानमन्त्री प्रचण्डले आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गर्नुभयो । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उहाँले त्यसबाट केही नहुने दाबी गर्नुभयो। आफ्नो आलोचना भइरहेको बेला प्रष्टीकरणको शैलीमा प्रचण्डले आफूले त्यो कुरा नबोलेको जिकीर गर्नुभयो।कुनैपनि देशको प्रधानमन्त्रीले आफूलाई अर्को मुलुकले बनाइदिएको हो भन्ने अभिव्यक्ति क्षम्य हुँदैन।

    नेपाल त आदिमकालदेखि एक स्वतन्त्र राष्ट्र हो, कसैको पनि उपनिवेश बनेन । आज आएर सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले भारतको भूमिकालाई छरपष्ट पार्नु यो मुलुकको सार्वभौमिकता माथिको उपहास हो । प्रधानमन्त्रीले बोलेको यो विषयले मुलुकको गरिमामाथि आँच पु¥याएको छ । प्रधानमन्त्रीका सामू आज दुई विबल्प खडा छन्, कि राजीनामा दिने, कि अन्तरमन देखि आत्मालोचना गर्ने ।


    बुधवार, आषाढ २० २०८००८:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij