Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

  • बुधवार, आषाढ २० २०८०

  • 342
    SHARES

  • एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

    काठमाडौँ। नेपाली कांग्रेसले एक वर्षपछि पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी नेतृत्वले आज बिहान छलफल गरेर यही असार २७ गते सुरु हुने गरी पार्टीको केन्द्रीय समिति बैठक तय गरेको हो ।

    पार्टीको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनाको एक पटक बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न नसक्दा कांग्रेस केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु सार्वजनिक कार्यक्रममै नेतृत्वको चौतर्फी विरोध गर्दै आइरहेका थिए।

    पार्टीभित्रका असन्तुष्टि र खबरदारी पार्टीभित्रै राख्न नपाएको उनीहरुको गुनासो छ। कांग्रेस र राष्ट्रिय राजनीतिमा समेत अर्थ राख्ने महत्वपूर्ण निर्णयसमेत पार्टी सभापति शेरबहादुर देउवा र उनीनिकटका केही नेताले पार्टीभित्र छलफल नै नगरी गर्ने गरेको भन्दै संस्थापनइतर समूह रुष्ट बनेको छ।

    आज बिहान सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन्। अघिल्लो वर्षको असारपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको थिएन।


    बुधवार, आषाढ २० २०८००३:५४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij