Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसद्मा जवाफ माग्ने

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसद्मा जवाफ माग्ने

  • बुधवार, आषाढ २० २०८०

  • 439
    SHARES

  • प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसद्मा जवाफ माग्ने

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ।प्रधानमन्त्री प्रचण्डले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

    प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो।

    एमालेले प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बोलाएको थियो। प्रधानमन्त्री दाहाल पटक–पटक अभिव्यक्तिका कारण विवादमा आउने गर्नुभएको छ। पछिल्लो समय नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उहाँ विवादमा आउनुभएको छ।

    यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ माग्न लागेको हो। प्रतिनिधि सभाको बैठक बुधबार ३ बजे बस्दैछ । भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्दैछ ।


    बुधवार, आषाढ २० २०८००२:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij