Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले एकवर्षपछि बोलायो २७ असारमा केन्द्रीय समिति बैठक

कांग्रेसले एकवर्षपछि बोलायो २७ असारमा केन्द्रीय समिति बैठक

  • बुधवार, आषाढ २० २०८०

  • 445
    SHARES

  • कांग्रेसले एकवर्षपछि बोलायो २७ असारमा केन्द्रीय समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

    बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

    यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

    विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ ।


    बुधवार, आषाढ २० २०८००२:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij