Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणः प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न अनुमति

ललिता निवास प्रकरणः प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न अनुमति

  • मंगलवार, आषाढ १९ २०८०

  • 737
    SHARES

  • ललिता निवास प्रकरणः प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न अनुमति

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।जिल्ला अदालत काठमाडौंले आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यो घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

    गत साता ब्युरोले यो प्रकरणमा जोडिएका विरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो। त्यसयता ९ जना पक्राउ परिसकेका छन्।अदालतको यो अनुमतिसँग आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

    किर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्छ। तर‚ संगठित अपराधमा अनुसन्धान गरी मुद्दा लैजान ६० दिनको समय उपलब्ध हुन्छ।

    व्युरोलाई किर्ते र संगठित अपराधको कसुरमा सात दिन थुनामा राखेर अनुसन्धान गर्न पनि अनुमति दिइएको छ। यसअघि ब्युरोले किर्तेमा मात्र अनुसन्धान गर्न ७ दिनको अनुमति पाएको थियो ।


    मंगलवार, आषाढ १९ २०८००४:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij