Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारले राजस्व संकलनमा गलत तथ्याङ्क दियोः डा. स्वर्णिम वाग्ले

सरकारले राजस्व संकलनमा गलत तथ्याङ्क दियोः डा. स्वर्णिम वाग्ले

  • मंगलवार, आषाढ १९ २०८०

  • 389
    SHARES

  • सरकारले राजस्व संकलनमा गलत तथ्याङ्क दियोः डा. स्वर्णिम वाग्ले

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउनुभयो।

    सांसद वाग्लेले सरकारले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठेपनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो।उहाँले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताउनुभयो।

    सांसद वाग्लेले नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो। सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताउनुभयो।

    उहाँले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गर्नुभयो। उहाँले सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताउनुभयो।


    मंगलवार, आषाढ १९ २०८००३:३९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij