Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन, सीसीटिभी फुटेज बाहिर ल्याउन माग

ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन, सीसीटिभी फुटेज बाहिर ल्याउन माग

  • सोमवार, आषाढ १८ २०८०

  • 568
    SHARES

  • ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन, सीसीटिभी फुटेज बाहिर ल्याउन माग

    काठमाडौं । अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसियसनले विरोध प्रदर्शन गरेका छन् ।

    सोमवार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । बार एसोसियसनले उनको पक्राउको विरोधमा सोमबार देशभरका अड्डा अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी समेत गरेको छैन ।

    बारले कुटपिट प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक गर्न र लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ । असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आइतबार ३ घण्टा काम रोकेका थिए ।

    लामिछानेविरुद्ध नासु तामाङले १३ असारमै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । यद्यपि, जिल्ला प्रशासनका कार्यालय ललितपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै रिहा गर्ने निर्णय गरिसकेको छ ।

     


    सोमवार, आषाढ १८ २०८००१:५७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij