Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशभरका कानुन व्यवसायी आन्दोलित, आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

देशभरका कानुन व्यवसायी आन्दोलित, आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

  • सोमवार, आषाढ १८ २०८०

  • 1.3K
    SHARES

  • देशभरका कानुन व्यवसायी आन्दोलित, आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने
    काठमाडौं  । नेपाल बार एशोसिएशनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।
     
    बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असार १८ गते देशभरिका अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।
     
    जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले आन्दोलन घोषणा गरेको हो ।
     
    बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने समेत गरेको छ ।
     
    असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरूप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतबार ३ घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।


    सोमवार, आषाढ १८ २०८००६:५७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij