Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

  • सोमवार, आषाढ १८ २०८०

  • 395
    SHARES

  • बागमती प्रदेशसभा बैठक बस्दै
    काठमाडौं । बागमती प्रदेश सभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज सोमबार बिहान ११ बजे बस्दै छ ।
     
    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले हिजो साँझ बस्ने भनिएको बैठक आजका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
     
    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्ता गरी सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको र बैठक नियमित रूपमा सञ्चालन हुने बताउनुभयो।


    सोमवार, आषाढ १८ २०८००६:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij