Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा, देशभरका अदालतको काम प्रभावित

न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा, देशभरका अदालतको काम प्रभावित

  • आइतवार, आषाढ १७ २०८०

  • 515
    SHARES

  • न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा, देशभरका अदालतको काम प्रभावित
    काठमाडौं । उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार(आज) दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । 
     
    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिनुभयो। उहाँले अदालतमा रहेका कर्मचारीका आधिकारिक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताउनुभयो । 
     
    असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
     
    अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ ।
     
    अधिवक्ता लामिछाने प्रहरी हिरासतमा रहेका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन् । अदालतका कर्मचारीहरू हातपात गरेको भए कानुनी कारबाहीको विकल्पमा जानुको सट्टा देशभरका अदालतका काम प्रभावित हुने गरी आन्दोलनमा उत्रिएका हुन् । कानुन व्यवसायीका संगठनहरूले पनि विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।


    आइतवार, आषाढ १७ २०८०१२:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij