Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बदल्न महामन्त्री पद नै त्याग्न तयार छुः गगन थापा

कांग्रेस बदल्न महामन्त्री पद नै त्याग्न तयार छुः गगन थापा

  • शनिवार, आषाढ १६ २०८०

  • 581
    SHARES

  • कांग्रेस बदल्न महामन्त्री पद नै त्याग्न तयार छुः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको र कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्नुभएको छ। महामन्त्री थापाले दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताउनु भएको हो।

    नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गर्नुभयो।

    उहाँले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उहाँले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताउनुभयो।

    महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्ने बताउनु भयो ।

    महामन्त्री थापालेले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।


    शनिवार, आषाढ १६ २०८००५:५५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij