Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : माधव नेपाल

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : माधव नेपाल

  • शनिवार, आषाढ १६ २०८०

  • 428
    SHARES

  • सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : माधव नेपाल

    काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ। ६५ औं संसद दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारले जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उहाँले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो।

    उहाँले भ्रष्टाचारको अन्त्य गर्ने,सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्नेमा जोड दिनुभयो।

    अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो। उहाँले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरुको अनुभवले ठूलो काम गर्ने स्मरण गराउनु भयो।


    शनिवार, आषाढ १६ २०८००५:०३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij