काठमाडौं। कर्णाली प्रदेशसभाको बैठक भोली आइतबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गरी बिहीबारदेखि स्थगित बैठक आइतबार बस्ने गरी तय गरिएको जानकारी दिएको हो।
प्रदेशसभाको अर्को बैठक आगामी १७ असार भोली बस्ने निर्णय भएको छ,प्रदेशसभा सचिवलायले जारी गरेको सुचनामा उल्लेख छ। यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो।
बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिँदै आएको छ।संसदमा एमालेको अवरोध हटाउन पटक–पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन।