Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसमा टिकट बाँड्न दाइलाई जिम्मा दिँदा भाउजू मात्रै छाने ’: गगन थापा

‘कांग्रेसमा टिकट बाँड्न दाइलाई जिम्मा दिँदा भाउजू मात्रै छाने ’: गगन थापा

  • शनिवार, आषाढ १६ २०८०

  • 561
    SHARES

  • ‘कांग्रेसमा टिकट बाँड्न दाइलाई जिम्मा दिँदा भाउजू मात्रै छाने ’: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसप्रति लागेका सत्ता लिप्सा, भ्रष्टाचारीको संरक्षक र राष्ट्रियतामा कमजोर भन्ने आरोपहरूलाई अब व्यवहारबाटै खण्डन गर्नुपर्ने बताउनु भएको छ। आज दोलखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस यही अवस्थाबाट २०८४ को चुनाव सामना गर्न सक्षम नरहेको भन्दै नीति महाधिवेशनबाट लिखित रूपमै केही प्रतिबद्धता गर्नैपर्ने बाध्यता रहेको बताउनु भयो ।

    महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसबारे एउटाले भन्छ यो सरकारको लागि जे पनि गर्छ। अर्को कोणबाट अर्कोले भन्छ भ्रष्टाचारमा लिप्त भएका मानिसलाई पनि यसले संरक्षण गर्छ । अर्कोतिर गएर भन्छ यसले आफ्ना आसेपासेको बारेमा मात्र चिन्ता गर्छ,हाम्रो भविष्यको बारे चिन्ता गर्दैन। अर्को कोणबाट यसले राष्ट्रियताको पक्षमा दह्रो खुट्टा टेकेर जोगाउँछ जस्तो लाग्दैन। यदि मान्छेले यस्तो देख्छ भने र यो समस्या हो भने समाधान पनि यहीँ खोज्नुपर्छ।’

    महामन्त्री थापाले कांग्रेसमाथि लागेका यस्ता आरोपको समाधान खोज्न एक्लै चुनाव लड्ने क्षमता चाहिने भन्दै चुनावअघिको गठबन्धनले कांग्रेसलाई ठूलो क्षति भएको र मतदाताको आकर्षण घटेको बताउनु भयो । उहाँले कांग्रेसको टिकट बाँड्ने प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको भन्दै दाइलाई जिम्मा दिँदा भाउजूलाई छान्ने गरेको टिप्पणी समेत गर्नुभयो ।


    शनिवार, आषाढ १६ २०८००३:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij