Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ : कांग्रेस नेता केसी

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ : कांग्रेस नेता केसी

  • शनिवार, आषाढ १६ २०८०

  • 309
    SHARES

  • पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ : कांग्रेस नेता केसी

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र विवरण कार्यक्रममा नेता केसीले पार्टी जोगाउन पुनर्जागरण नै एकमात्र विकल्प भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘हामीले पार्टीलाई बचाउनको निम्ति सामाजिक पुनर्जागरणको आन्दोलन सम्पूर्ण रुपले एक भएर जानुपर्ने आवश्यकता छ ।’ उहाँले अब पनि वैचारिकको जागरणलाई सशक्त ढङ्गले जनस्तरसम्म पुर्याउन नसक्ने हो भने यसले पार्टीलाई ठूलो क्षति पुग्ने दाबीसमेत गर्नुभएको छ ।

    उहाँले २००७ सालको क्रान्तिदेखि अहिलेको कांग्रेसको स्थिति केलाउँदा फरक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै भ्रष्टाचारजस्तो गलत प्रवृत्तिको संरक्षक भन्ने दाग लागेकाले त्यसलाई मेटाउन ठूलो चुनौती रहेको बताउनुभयो ।

    उहाँले कांग्रेसमाथि लागेको दाग चिर्न पनि जनस्तरमा जानुपर्नेमा जोड दिनुभएको हो । उहाँले यसलाई वैचारिक जागरणको क्रान्तिका रुपमा अगाडि नबढाउने हो भने कांग्रेसभित्रको निराशाले विकल्प खोज्न थाल्ने भन्दै नेतृत्वलाई हुनसमेत आग्रह गर्नुभएको छ ।

    प्रमाणपत्र वितरण कार्यक्रममा युनियनका पूर्व महासचिव तथा काँग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीले पार्टी सभापतिले आफूहरुलाई कुनै जिम्मेवारी नदिएकाले कुनै काम गर्न नपाएको जानकारी दिदै युनियनको सक्रियता देखेर लोभ लागेको बताउनु भयो ।

    युनियनको नयाँ नेतृत्व आएपछि युनियनका ८ प्रदेश र ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बर्ष २०८० लाई प्रशिक्षण बर्षको रुपमा घोषणा गरेको छ । उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।


    शनिवार, आषाढ १६ २०८००९:४८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij