Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

२० औँ राष्ट्रिय धान दिवस, देखावटी र फोटो खिचाउनेको होडबाजी, किसान अबस्था जहाँको तहिँ,अबस्था सुधारिएको सरकारको दाबी(खासखबर)

२० औँ राष्ट्रिय धान दिवस, देखावटी र फोटो खिचाउनेको होडबाजी, किसान अबस्था जहाँको तहिँ,अबस्था सुधारिएको सरकारको दाबी(खासखबर)

  • शुक्रवार, आषाढ १५ २०८०

  • 580
    SHARES

  • २० औँ राष्ट्रिय धान दिवस, देखावटी र फोटो खिचाउनेको होडबाजी, किसान अबस्था जहाँको तहिँ,अबस्था सुधारिएको सरकारको दाबी(खासखबर)

    काठमाडौं।आज असार १५!२० औँ धान दिवस। आजै दहिचिउरा खाने दिनपनि। यतिबेला किसानले मानो छरेर मुरी उब्जाउने समयको सुरुवात।जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’भन्ने मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। धान दिवस मनाउन शीर्ष नेताहरू विभिन्न स्थानमा पुगेर धान रोपेका थिए।कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।

    नेपालीहरूको विशेष खाद्यान्न अन्तर्गत पर्ने धानले सम्पूर्ण कृषि क्षेत्रले दिने २७ प्रतिशत योगदानमध्ये २० प्रतिशत धानेको छ। वैदिक कालदेखि नै धानको महिमा रही आएको छ। प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार पनि हो । यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व पनि रहेको छ। धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो।धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठी जन्मेदेखि मृत्युसम्म धानको असाध्यै धेरै महत्त्व भएको बताउँदै यसको महिमा वर्णन गरिसाध्य नभएको बताउनुहुन्छ ।

    धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ । पूर्व कृषि मन्त्री तथा जसपाका नेता मृगेन्द्र कुमार सिंह राज्यले कृषिमा ध्यान नदिँदा अर्बौं रुपैयाँको चामल आयात गर्नुपरेको बताउनुहुन्छ ।

    धान दिवस अहिले केवल फोटो खिचाउने र देखावटीमा सीमित भएको भन्दै उहाँले राज्यले कृषकका समस्याबारे गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ ।चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ। यस वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले धान बाली वृद्धि गर्नका लागि बाँझो जमिन उपयोगमा ल्याउन सरकारले प्रयास सुरु गरेको दाबी गर्नुभएको छ।

    यो वर्ष ढिलै भएपनि मनसुन शुरु भएको छ। कृषक जहिले पनि समयमा मल नपाउँदा समस्यामा पर्ने गरेका छन् । वर्षैपिच्छेको प्रमुख समस्यामा सरकार लाचार बनिदिँदा किसानले निकै सास्ती खेप्नुपरिरहेको छ।तर यो वर्ष भने मलको अभाव नहुने सरकारको दाबी छ। आज कृषि अनुसन्धान परिषद् नार्कको परिसर ललितपुरको खुमलटारमा तामझामसहित मेसिनबाट धान रोप्न पुग्नुभएका कृषिमन्त्री भुसालले यो वर्ष ७८ हजार मेट्रिक टन मल मौज्दात रहेकाले मलको अभाव नहुने दाबी गर्नुभयो ।

    आगामी आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि हुने अनुमान पनि सरकारले गरेको छ । सन् २०१९ मा प्रकाशित ’राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको शोधपत्रमा अनुमान गरिएअनुसार सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड २ लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्न सक्छ। तर समयमै मल उपलब्ध गराउन सकेमा र कृषकका समस्यातिर ध्यान दिएमात्र उत्पादन वृद्धिमा थप टेवा पुग्ने थियो। आगामी दिनमा मुलुकमा मल उद्योग खोलेर हुन्छ या प्राङ्गारिक मलको व्यवस्थापन गरेर हुन्छ किसानको वर्षौंको समस्या समाधान गर्नु सरकारका लागि चुनौती बनेको छ।


    शुक्रवार, आषाढ १५ २०८००८:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij