Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आदवासी जनजातिको बढ्दो सहभागिताले बल्ल कांग्रेस बलियो देखियो : शेरबहादुर देउवा

आदवासी जनजातिको बढ्दो सहभागिताले बल्ल कांग्रेस बलियो देखियो : शेरबहादुर देउवा

  • शुक्रवार, आषाढ १५ २०८०

  • 379
    SHARES

  • आदवासी जनजातिको बढ्दो सहभागिताले  बल्ल कांग्रेस बलियो देखियो : शेरबहादुर देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ।

    आज पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुनेपनि बताउनु भयो ।

    उहाँले पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको बताउनु भयो ।उहाँले आदिवासी जनजातिको सहभागीता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने बताउनु भयो ।

    आदिवासी जनतातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गर्नुभयो ।


    शुक्रवार, आषाढ १५ २०८००४:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij