Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

“नेकपामा नराम्रोसित नाक र निधार ठोक्किएजस्तो भएपछी एमालेमा फर्किनुपर्‍यो” : केपी ओली

“नेकपामा नराम्रोसित नाक र निधार ठोक्किएजस्तो भएपछी एमालेमा फर्किनुपर्‍यो” : केपी ओली

  • बिहिवार, आषाढ १४ २०८०

  • 511
    SHARES

  • “नेकपामा नराम्रोसित नाक र निधार ठोक्किएजस्तो भएपछी एमालेमा फर्किनुपर्‍यो” : केपी ओली

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश, काल, परिस्थितिअनुसार आन्दोलन अघि बढ्ने बताउनु भयो। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले परिवर्तन अरुको नक्कल गरेर हुन नसक्ने बताउनु भएको हो।

    परिवर्तन र विकास मौलिक तरिकाले हुने उहाँको भनाइ छ। ओलीले मौलिकता चिन्न नसक्दा र तत्कालीन समस्या पहिल्याउन नसक्दा कहिलेकाहीँ आन्दोलन असफल हुने बताउनु भयो ।

    उहाँले आन्दोलनका क्रममा पार्टीको नाम कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताउनुभयो। नेकपा बनाउँदा भित्तामा नराम्ररी नाक ठोक्किए जसरी एमालेमा नै फर्किनुपरेको उहाँले सुनाउनु भयो।

    “...भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ। र नेकपा भन्ने फेरि बनायौँ। पहिले नेकपा थियो, फेरि नेकपा बनायौँ। त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा (एमाले)मा फर्कियौँ,” ओलीले भन्नुभयो, “यही हो मौका भनेर हाम्राविरुद्ध हमला भएको थियो। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गर्यौँ। हाम्रो आन्दोलन जोगायौँ ।”


    बिहिवार, आषाढ १४ २०८००४:१६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij