Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

“गुरुदेवो भवः भन्ने देशमा आज गुरुकै ढाड खुस्काउँदै र टाउको फुटाउदैछन्” : केपी ओली

“गुरुदेवो भवः भन्ने देशमा आज गुरुकै ढाड खुस्काउँदै र टाउको फुटाउदैछन्” : केपी ओली

  • बिहिवार, आषाढ १४ २०८०

  • 349
    SHARES

  • “गुरुदेवो भवः भन्ने देशमा आज गुरुकै ढाड खुस्काउँदै र टाउको फुटाउदैछन्” : केपी ओली

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताउनु भएको छ। काठमाडौंमा आज आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले यस्तो बताउनुभएको हो ।

    “आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदैगएको छ, गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा हो” अध्यक्ष ओलीले थप्नुभयो, “सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक छ।”

    “हाम्रो देशजस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देशमा आज गुरुको ढाड खुस्काउँदै छन् । टाउको फुटाउदैछन्” अध्यक्ष ओलीले त्यस्ता विद्यार्थीको मुद्दा फिर्ता लिने काम सरकारले गरेर संरक्षण गरिरहेको उहाँले आरोप लगाउनुभयो ।


    बिहिवार, आषाढ १४ २०८००४:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij