Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

कोशी सरकार अल्पमतमा, माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

कोशी सरकार अल्पमतमा, माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

  • बिहिवार, आषाढ १४ २०८०

  • 773
    SHARES

  • कोशी सरकार अल्पमतमा, माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ।आज विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो।

    ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्छ, प्रदेश प्रमुखले सरकार गठन आह्वान गरेपछि केन्द्रीय गठबन्धन र यहाँको गठबन्धन बसेर निर्णय गर्छौं’ उहाँले भन्नुभयो।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनुअघि उहाँले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरिसक्नु भएको छ।

    यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ।

    मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ। त्यसैले मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत आवश्यक पर्नेछ।


    बिहिवार, आषाढ १४ २०८००२:२१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij