Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

  • बिहिवार, आषाढ १४ २०८०

  • 324
    SHARES

  • सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

    काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा ९बकर इद० पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । ।

    मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताउनुभयो । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

     


    बिहिवार, आषाढ १४ २०८००७:२२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij