Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणः थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

शरणार्थी प्रकरणः थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

  • बुधवार, आषाढ १३ २०८०

  • 776
    SHARES

  • शरणार्थी प्रकरणः थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

    काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

    गत असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो। सो आदेश बेरितको रहेको दाबीसहित निवेदकले उक्त आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन्।

    आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटीमा रिहा भएका थिए। मुद्दामा प्रतिवादी रहेका ’हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबैलाई जगन्नाथ देवको केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो।

    प्रतिवादीमध्येका हालसम्म पूर्वसंविधान सभा सदस्य आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको थुनछेक आदेश बदर माग गर्दै निवेदन परेको छ। निवेदनको पेसी भने तोकिएको छैन।

    त्यस्तै,दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंसमेतको तयारी भएको जानकारी सहन्यायाधिवक्ता अच्युत नेउपानेले जानकारी दिनुभयो।

     


    बुधवार, आषाढ १३ २०८००५:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij