काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास घट्दै गएको बताउनु भएको छ। बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले सरकाप्रतिको विश्वास घटेर ५३ प्रतिशतमा झरेको बताउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा हुँदै पनि एमाले प्रक्रियामा गएको बताउनु भयो।
उहाँले भन्नुभयो,“बजेट पारित हुन्छ भन्ने थाहा थियो। हामी प्रक्रियामा गएका हौँ,” उहाँले थप्नुभयो, “सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।”