Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा आज फेरि पहिरो

सेयर बजारमा आज फेरि पहिरो

  • बुधवार, आषाढ १३ २०८०

  • 300
    SHARES

  • सेयर बजारमा आज फेरि पहिरो

    काठमाडौं। लगातार तीन दिनसम्म उकालो लागेको सेयर बजार आज फेरि ओरालो लागेको छ। साताको पहिलो, दोस्रो र तेस्रो कारोबार दिन लगातार बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको हो।आइतबार ६१.२१ र मंगलबार ५६.९४ अंकले नेप्से बढेको थियो।

    आज २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएकामध्ये ३६ कम्पनीको मूल्य बढ्यो भने १८८ को मूल्य ओरालो लाग्यो। यसदिन तीन कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भयो।

    हिमालयन लाइफ,बीपीडब्लू लघुवित्त वित्तीय र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सो कम्पनीको ८३ करोड ७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।यस्तै शिवम् सिमेन्टको २८ करोड र सोल्टी होटलको २३ करोड बढि मूल्यको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ मध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। १२ उपसमूहको सूचक ओरालो लाग्दा लाइफ इन्स्योरेन्सको सूचक २.४६ प्रतिशतले बढेको हो।


    बुधवार, आषाढ १३ २०८००५:०८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij