काठमाडौं। विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। आज दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनी बंग्लादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो ।
विमानस्थलबाटै ज्याक माले १५ दिनको पर्यटक भिसा लिएक उहाँले जानकारी दिनुभयो। ज्याक मासँगै नेपाल आएको टोलीमा ६ जना पुरुष र एक महिला गरी सातजना आएका छन् ।