Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्रीलाई महानिर्देशकको जवाफः‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ’

पर्यटनमन्त्रीलाई महानिर्देशकको जवाफः‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ’

  • मंगलवार, आषाढ १२ २०८०

  • 1.0K
    SHARES

  • पर्यटनमन्त्रीलाई महानिर्देशकको जवाफः‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ’

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने जवाफ दिनुभएको छ। हिजोमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको थियो ।

    मन्त्री किराँतीले सो निर्णय भएको विषय सामाजिक सञ्जालबाटै सार्वजनिक गर्नुभएको थियो। महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी/गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताउनु भएको हो।

    ‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ,’ महानिर्देशक अधिकारीले भन्नुभयो,‘राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन।’

    महानिर्देशक अधिकारीमाथि मन्त्रालयले उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएको छ ।


    मंगलवार, आषाढ १२ २०८००१:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij