Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

न्यायपरिषद्को बैठक बस्दै, उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्ति हुने

न्यायपरिषद्को बैठक बस्दै, उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्ति हुने

  • सोमवार, आषाढ ११ २०८०

  • 619
    SHARES

  • न्यायपरिषद्को बैठक बस्दै, उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्ति हुने
    काठमाडौं । न्यायपरिषद्को बैठक आजका लागि आह्वान गरिएको छ । उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । 
     
    न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा आज दिउँसो १ बजेका लागि परिषद्को बैठक डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् । 
     
    हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्य विधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्नेछ । 
     
    तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी गरिएको छ । 
     
    यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि सर्ट लिस्ट तयार पार्ने र अधिवक्ताहरूबाट निवेदन माग गरिएको थियो । उच्च अदालतमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूचीसमेत परिषद्ले तयार पारिसकेको छ । 
     
    न्याय परिषद्ले तयार पारेको कार्य विधिका आधारमा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने अवस्था छ । बाँकी १४ र त्यसपछि रिक्त हुने अन्य न्यायाधीशको हकमा भने सर्ट लिस्ट तयार नभइसकेको र निवेदन समेत माग गरी नसकेको कारण प्रक्रिया पूरा नभएको कारण बाँकी न्यायाधीशको हकमा भने तत्काल नियुक्ति नहुन पनि सक्नेछ ।
     


    सोमवार, आषाढ ११ २०८०११:१०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij