Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माधवप्रति ओलीको व्यंग्य : पाक्ला भनेको फल प्वाक्लाक्क भुईंमा खस्यो

माधवप्रति ओलीको व्यंग्य : पाक्ला भनेको फल प्वाक्लाक्क भुईंमा खस्यो

  • आइतवार, आषाढ १० २०८०

  • 609
    SHARES

  • माधवप्रति ओलीको व्यंग्य : पाक्ला भनेको फल प्वाक्लाक्क भुईंमा खस्यो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ ।

    केशवप्रसाद बडालद्वारा लिखित सिंहावलोकन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

    उहाँले माधवलाई कटाक्ष गर्दै भन्नुभयो, ‘आन्दोलनको क्रममा केही पात झर्दै जान्छन् । केही विरुवा बिग्रिन्छ । केही कोपिला र चिचिला पनि झर्छ । केही ठूला पनि झर्छन् । ठूला भइसकेपछि अब त पाक्ला पाक्ला भनेको बेलामा प्वाक्लाक्क झरिदिन्छ । आन्दोलनभित्र विभिन्न वैचारिक रोगहरु हुन्छन् । प्रवृत्तिगत रोगहरु हुन्छन् त्यसले लाग्छ । त्यही रोगले कहिलेकहिले केही मान्छेहरुलाई लान्छ । तर, आन्दोलन मर्दैन ।’

    कम्युनिष्ट भनेर जे बुझिन्थ्यो आजको अवस्थामा त्यो नभएको उहाँले बताउनुभयो।

     


    आइतवार, आषाढ १० २०८००७:०४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij