Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बजेटले सरकार नै ढल्ने चर्चा,चित्त नबुझे गठबन्धन फेरिने गगन थापाको जिकिर,आफ्नो नेतृत्वमा सरकार वन्ने एमालेको दाबी (खासखबर)

बजेटले सरकार नै ढल्ने चर्चा,चित्त नबुझे गठबन्धन फेरिने गगन थापाको जिकिर,आफ्नो नेतृत्वमा सरकार वन्ने एमालेको दाबी (खासखबर)

  • शनिवार, आषाढ ९ २०८०

  • 768
    SHARES

  • बजेटले सरकार नै ढल्ने चर्चा,चित्त नबुझे गठबन्धन फेरिने गगन थापाको जिकिर,आफ्नो नेतृत्वमा सरकार वन्ने एमालेको दाबी (खासखबर)

    काठमाडौं। बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण अहिले सरकार ढल्ने अवस्थामा आएको राजनितिक वृृतमा चर्चा हुन थालेको छ। सत्ता गठबन्धनमै सामेल रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बजेट पारित गर्न नदिने औपचारिक निर्णय समेत गरिसकेको छ ।

    जनता समाजवादी पार्टी र जनमत पार्टीले पनि बजेटमा चर्को विरोध जनाइरहेका छन्। त्यतिमात्रै नभएर गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका अधिकांश सांसदहरुले पनि बजेटमाथि विरोध जनाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आईरहेको छ। यस्तै असन्तुष्टिका बिचमा गठवन्धन फेरिने र सरकार ढल्ने चर्चा सुरु भएको हो।

    आज मात्रै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ। उहाँले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताउनुभएको हो।

    नेकपा एमालेले गठवन्धनमा भईरहेको खटपटलाई नियालिरहेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवाली सरकार आपसी अन्तरविरोधका कारण टिक्ने अवस्थामा नरहेको बताउनुहुन्छ।सरकार ढल्यो भने एमालेका कारण नभएर उनिहरुको आफ्नै कमीकमजोरीका कारण हुने बताउँदै एमालेको नेतृत्वमा सरकार बन्ने तर आफुहरु कांग्रेसको मात्र नभएर अरु कसैको नेतृत्वको सरकारमा नजाने तर्क नेता ज्ञवालीको छ ।

    यता नेपाली कांग्रेसका अर्का नेता आनन्दप्रसाद ढुंगानाले भने कांग्रेस र एमालेबीच सहकार्य नहुने बताउनुहुन्छ। वर्तमान गठबन्धन टुट्ने अवस्थामा नभएको पनि उहाँको भनाई छ। नेपालको राजनिती अहिले परिवर्तनको अवस्थामा नरहेको उहाँको भनाई छ।

    अहिले सरकार परिवर्तन गर्न आवश्यक नै नभएको तर्क आईरहेका छन्। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम अहिले सरकार परिवर्तन गर्न आवश्यक नै नभएको बताउनुहुन्छ ।

    बजेटको विषयले सत्ता गठबन्धनमा खटपट परिरहेको बेलामा एमालेका सचेतक महेश बर्तौलाले पनि पार्टीले चाहेमा एक हप्ताभित्र सरकार ढाल्न सक्ने दाबी यसअघि गर्नुभएको थियो ।गठबन्धन दलहरुबीच बजेटको विषयले असन्तुष्टि बढिरहेको बेलामा सरकार ढाल्न सक्ने र गठवन्धन टुट्ने जस्ता नेताहरुका पछिल्ला यि भनाईहरुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


    शनिवार, आषाढ ९ २०८००८:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij