Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

‘प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्छ’ : मन्त्री किराँती

‘प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्छ’ : मन्त्री किराँती

  • शनिवार, आषाढ ९ २०८०

  • 388
    SHARES

  • ‘प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्छ’  : मन्त्री किराँती

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ।

    आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘अब सुशासन कायम गर्नुपर्नेछ। प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ। उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ। हाम्रो भूगोल सानो छ। उत्तर दक्षिणतर्फ हाम्रा ठूला देशहरु छन्। तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौं।’

    उहाँले भूगोलका हिसाबले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताउनुभयो। मन्त्री किराँतीले सुशासनको पक्षमा,समृद्धिको पक्षमा र भ्रष्टाचारविरुद्ध सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताउनुभयो ।


    शनिवार, आषाढ ९ २०८००४:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij