Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

‘म र मेरो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको छ’ : रवि लामिछाने

‘म र मेरो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको छ’ : रवि लामिछाने

  • शनिवार, आषाढ ९ २०८०

  • 496
    SHARES

  • ‘म र मेरो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको छ’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ।

    आज काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।

    उहाँले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ०८४ को निर्वाचनमा एक/एक हिसाव लिएर जनतामाझ जाने बताउनुभयो। नागरिकका मुद्दामा खरो उपस्थिति आफैँमा गहन कुरा भएकाले पाँच वर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उहाँको भनाइ छ ।

    उहाँले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो । नयाँ राजनीतिक दलका रूपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफूहरूको कुनै लडाईं नरहेको उहाँले स्पष्ट पार्नुभयो ।


    शनिवार, आषाढ ९ २०८००३:१३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij