Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

‘अब सत्ता गठबन्धन भत्किन्छ’: गगन थापा

‘अब सत्ता गठबन्धन भत्किन्छ’: गगन थापा

  • शनिवार, आषाढ ९ २०८०

  • 1.1K
    SHARES

  • ‘अब सत्ता गठबन्धन भत्किन्छ’: गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चित्त बुझ्ने गरी काम नगरे अहिलेको गठबन्धन फेरिने बताउनु भएको छ। गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो नभएको बताउँदै महामन्त्री थापाले काम नगरे गठबन्धन फेरिने उल्लेख गर्नुभयो।

    नेपाली कांग्रेस काठमाडौंमा–४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो,‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। गठबन्धन बन्ने भत्किने भइरहन्छ।’

    अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै उहाँले त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताउनु भयो। कांग्रेस महामन्त्री थापाले कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि टिप्पणी गनुभयो।

    सरकार छोड्न र एक्लाएक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताउँदै थापाले भन्नुभयो,‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ।’


    शनिवार, आषाढ ९ २०८००२:५८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij