काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोड्नु भएको छv। सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन हिजो अन्तरिम आदेश दिएसँगै चलाउनेले आज कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेको घोषणा गर्नु भएको हो ।
आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बस्नु भएको थियो ।अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूति भएको प्रतिक्रिया दिनु भएको छ ।
न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरि सडकमा आउने उहाँको चेतावनी छ ।जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै चलाउने सर्वोच्च गुहार्न पुग्नु भएको थियो ।२०७७ असोजमा नेविसंघका नेता कार्यकर्ताले गरेको आक्रमणमा चलाउने गम्भिर घाईते बन्नुभएको थियो। सोही आक्रमणका विरुद्धमा चलाउनेले मुद्दा दर्ता गर्नुभएको हो।