काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतमा आफ्नै श्रीमतीले जुत्ता प्रहार गरेकी छन्। बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई अदालतभित्रै उनकी श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।
आँफु पनि पेशी बुझन आएकी गिरीले जुत्ता प्रार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो । त्यसपछी गिरीले राज्यले बलात्कारीलाई सेवा गरेको आरोप लगाउँदै आक्रोश पोखेकी थिइन् ।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछी गिरी गत चैत २८ गते पक्राउ परेका थिए ।